बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दियो, एक जनाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका दीपक थापाको ज्यान गएको छ ।

शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री