काठमाडाैँ । पाकिस्तानले जारी एक दिवसीय विश्वकप क्रिकेटको राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा जित निकाले पनि अन्तिम चार स्थान बनाउन सकेन । शुक्रबार राति सकिएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको हो ।
३१६ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४४ ओभर एक बलमा सबै विकेट गुमाएर मात्रै २२१ रन बनायो । बंगलादेशका शकिब अल हसनले ६४, लितोन दासले ३२, महमुदुल्लाहले २९ रन बनाए । पाकिस्तानका शहीन शाह अफ्रिदीले ६ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा ३१५ रन बनायो । उसका लागि इमाम उल हकले शतक पूरा गरे । १०० बलको सामना गरेका उनले सात चौकाको मद्दतमा १०० रन जोडे । यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३ माहम्मद हफिजले २७ र फखर जमनले १३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ बंलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक पाँच, मोहम्मद सैफुद्दिनले तीन र मेहदी हसन मिर्जाले १ विकेट लिए ।
खेलमा विजयी भए पनि पाकिस्तानले अन्तिम चारमा स्थान भने बनाउन सकेन । समान ११ अंक भए पनि रन रेटका आधारमा पाकिस्तान पछि परेपछि न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएको हो ।



