असारको मसान्तमा बैंकहरुलाई ७ दिन या १० दिनभित्र मर्जर गर भनेर हुन्छ ?

२०६८ सालदेखि नेपालमा मर्जरको प्रक्रिया सुरु भएको हो । हालसम्म १ सय २३ वटा संस्थाहरु मर्जर एक्विजिसनमा गईसकेका छन् । यो भन्दा पहिले फोर्स मर्जरको कुरो आएको थिएन ।

आफ्नै  बिवेकले १२३ वटा संस्थाहरु मर्जरको माध्यमबाट घटिसकेका छन् । बिकास बैंकहरु लगभग दुई तिहाई घटेका छन् । अझै घट्ने क्रममा छन् । फाईनान्स कम्पनीहरु पनि आधा भन्दा बढी घटे । कर्मसियल बैंकहरु ३० वटाबाट २८ मा झरेका छन् ।

सिईओ मनोज ज्ञवाली ,ज्योति विकास बैंक

अचानक असारको मसान्तमा बैंकहरुलाई ७ दिन या १० दिनभित्र मर्जर गर भनेर हुन्छ ? तथापि सक्षम, सवल संस्था बनाउनका लागि पनि मर्जर आवश्यक हुन्छ ।

संस्थाहरु कम हुने हो भने नियमन गर्न पनि सजिलो हुन्छ । सबैभन्दा पहिले उपयुक्त संस्थाको छनोट गरेर प्रि मर्जर अभ्यासमा जानुपर्दछ ।

मर्जर अगाडि कर्मचारी मिलान, स्वाप रेसियो, संस्थाको मिसन तथा भिजन, सञ्चालक समिति लगायत मर्जरको औचित्यलाई प्रष्ट पार्नु आवश्यक हुन्छ । यति भईसकेपछि पोष्ट मर्जरमा समस्या उत्पन हुँदैन । मसँग १० वटा संस्था गाभेको अनुभव छ । मेरो अनुभवले पनि मर्जरलाई नराम्रो भन्दैन । म मर्जरको बिपक्षमा छैन । मेरो मर्जर गर्ने तरीकामा मात्रै बिमति हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस