सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’

काठमाडाैँ । बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो नयाँ फिल्म ‘जजमेन्टल हे क्या’ को शीर्षक परिवर्तन हुनु हिन्दी फिल्म उद्योगमा नातावाद र सत्ताको परिणाम भएको बताएकी छिन् । उनको नयाँ फिल्मको शीर्षक सुरुमा ‘मेन्टल हे क्या’ राखिएको थियो ।

फिल्मको शीर्षक परिवर्तनको विषयमा टिप्पणी गर्दै उनले भनिन्, ‘मलाई लाग्छ कि जतिबेला कंगना रनौतसँग जोडेर केही कुरा हुन्छ तब मानिसहरुलाई समस्या हुन्छ तर हामी बाहिरका व्यक्ति (आउटसाइडर्स) ले पनि समस्या पैदा नगरिकनै आफ्नो बाटो बनाउन सिकेका छौं । यहाँसम्म कि सलमान खानको एउटा फिल्म जुन दक्षिण भारतीय फिल्मको रिमेक थियो, त्यसलाई ‘मेन्टल’ नाम दिइएको थियो ।’

कंगनाले थपिन्, ‘त्यतिबेला कुनै समस्या थिएन तर हामीलाई बताइयो कि हालै ‘मेन्टल’ शब्द प्रतिबन्ध गरिएको छ, त्यसकारण हामीसँग अरु कुनै विकल्प छैन तर हामीलाई वास्तवमै थाहा छ कि हामीले एउटा राम्रो फिल्म बनाएका छौं । हाम्रो फिल्मलाई यू÷ए प्रमाणपत्र दिइएको छ । हामीलाई आफ्नो उद्देश्यमा विश्वास छ । शीर्षकमा एउटा सानो परिवर्तनले कुनै फरक पार्दैन ।’

‘मेन्टल हे क्या’ शीर्षकमा इन्डियन साइकियाट्रिक सोसाइटीले आपत्ति जताएको थियो जसले सेन्सर बोर्डसँग ‘मेन्टल’ शब्दको प्रयोगले मानसिक स्वास्थ्य सम्बन्धि मुद्दालाई महत्वहीन बनाइदिएको आरोप लगाएको थियो । यो फिल्मलाई प्रकाश कोवेलामुदीले निर्देशन गरेका छन् । फिल्ममा राजकुमार राव, बृजेन्द्र काला, जिम्मी शेरगिल र अमायरा दस्तुर पनि छन् । यो फिल्म जुलाई २६ मा रिलिज हुने तयारीमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस