धान रोपाइँको बेला देशैभर रसायनिक मल र सिंचाइको अभाव

काठमाडौं। देशैभर रोपाइँको चटारो चलिरहेका बेला कतै मल अभाव त कतै सिँचाइको असुविधाका कारण किसानहरु चिन्तित भएका छन् ।वर्षदिनसम्म खाने बाली लगाउने बेला अनेक समस्याले घेरिएपछि कृषकहरु निराश बनेका हुन् ।

सरकारी तथ्याङकअनुसार १ नं प्रदेशमा बार्षिक साढे १२ लाख भन्दा बढी धान उत्पादन हुने गरेको छ ।तर मौसममा आएको परिर्वतनका कारण अहिलेसम्म प्रदेश १ मा १७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

सरकारले धान खेतीका लागि अनुदानमा मल उपलब्ध गराउँदै आए पनि कृषि सामाग्री कम्पनी विराटनगरमा डिएपी मलको गोदाम रित्तिएको छ । धान रोपाईको शुरुवाती दिनमा नै मल सकिएपछि सामाग्री कम्पनीले अब किसानहरुलाई आवश्यक मल उपलब्ध गराउन नसक्ने जनाएको छ ।

किसानको माग अनुसार सहकारीमार्फत् डिएपी मल कार्यालयले उपलब्ध गराउदै आएकोमा मौजाद १८ टन डिएपी मलपनि सकिएको कृषि समाग्री कम्पनी विराटनगरका सूचना अधिकारी नवरत्न गौतम बताउँछन् ।

उता,सुदूरपश्चिम प्रदेशमा मागको ७० प्रतिशत मल आपूर्ती गर्ने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले भने आपूर्तीकर्ताले ढुवानी नगरेपछि समस्या भएको दाबी गरिरहेको छ ।

मल, बीउ, सिँचाइजस्ता कृषिका आधारभूत आवश्यकतामै किसानहरु वर्सेनि पिरलिनुपर्ने अवस्थामा कृषिबाट मुलुक कसरी समृद्ध बन्ला ठूलो प्रश्नचिह्न खडा भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री