कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुने

काठमाडाैँ । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुने भएको छ । ब्राजिलले बुधबार अर्जेन्टिनालाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

बिहीबार भएको अन्तिम सेमिफाइनलमा डेफेन्डिङ च्याम्पियन चिलीलाई ३–० ले स्तब्ध बनाउँदै पेरुले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

चिलीलाई पराजित गर्ने क्रममा पेरुले २ गोल पहिलो हाफमा गरेको थियो । १ गाेल भने दाेस्राे हाफमा सम्भव भएकाे थियाे । २१ औं मिनेटमा इडिसन मिचेल पिरिएल्टाले एन्ड्रे मार्टिन केरिलियोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसको १७ मिनेट पछि पेरुले गोल संख्या दोब्बर बनायो । ३८ औं मिनेटमा केरिलियोकै सहयोगमा भिक्टर फालेर्सले गोल गरेका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको पेरुले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।

२–० ले पछि परेको चिलीले गोल गर्ने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन ।  पहिलो हाफमा २ गोल गरेकाे पेरुले अन्तिम समयमा १ गाेल थपेकाे थियाे । ९१ ‌औं मिनेटमा पाउलाे गुरेराेले गाेल थप्दै ३-० काे जित दिलाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री