यू–१९ एसिया कप छनोट क्रिकेटः पहिलो खेलमा नेपाल विजयी

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ ।क्वालालम्पुरस्थित किनरारा ओभलमा आज भएको भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराएको हो । चीनले प्रस्तुत गरेको ५४ रनको लक्ष्य नेपालले ५ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्‍यो । नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिए । दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री