सर्पको टोकाइबाट बझाङमा एक जनाको ज्यान गयो

बझाङ । सर्पको टोकाइबाट बझाङको मष्टा गाउँपालिकाका पवन रोकायाको ज्यान गएको छ ।

जिल्लाको केदारसिंह गाउँपालिकाको देउरा बजारको अरुण होटलमा सुतेका बेला सर्पले टोकेर रोकायाको ज्यान गएको हो ।

दिदीदाई घर पुर्‍याएर फर्कने क्रममा राति होटलमा सुतेका बेला बिहान मंगलबार ३ बजेतिर सर्पले टोकेको र उपचारका क्रममा  जिल्ला अस्पताल बझाङमा रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री