आजदेखि उठ्न थाल्याे काठमाण्डाै उपत्यकाको फोहोर

काठमाण्डाै । साेमबारदेखि काठमाण्डाै उपत्यकाको फोहोर उठाउन थालिएको छ ।

आइतबार बेलुका सिसडोलका नागरिक, महानगरपालिका र जनप्रतिनिधिबीच स्थानीयको माग सम्बोधन गर्ने विषयमा सहमति भएसँगै महानगरपालिकाले साेमबारदेखि बजारको फोहोर उठाउन थालेको हो ।

सहमति अनुसार १७ सदस्यीय फोहोरमैला ब्यवस्थापन समिति गठन गरिएको छ । समितिले १५ दिन भित्र सुझाव पेस गर्ने सहमति भएसँगै फोहोर उठ्न थालेको काठमाण्डौ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

सिसडोलका नागरिकले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै आन्दोलन गरेका थिए । यसअघि आन्दोलनका क्रममा सिसडोलका नागरिक र प्रहरीबीच झडपसमेत भएको थियो ।

झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका थिए । काठमाण्डौ उपत्यकामा दैनिक साढे ५ सय टन फोहोर महानगरपालिकाले उठाउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री