काठमाडौं । भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलेको छ । प्रहरी स्रोतका अनुसार उक्त हत्यामा संलग्न भएको आरोपमा छोरीसहित चारजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ विद्युत तालिम केन्द्र नजिक डेरामा बस्दै आएकी सावित्रीको आइतबार हत्या भएको थियो ।
सावित्री छोरीकै घरमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । उनीसँगबाट २२ लाख रुपैयाँ पनि लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




