चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु, एक घाइते

चितवन । चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।

नारायणगढबाट काठमाण्डौको लागि छुटेको ना ५ ख २६ ५९ नम्बरको ट्रक र काठमाण्डौबाट चितवनका लागि छुटेको बा ८० प ८६ ५७ नम्बरको मोटरसाईकल भरतपुर महानगरपालिका २९ खहरेपुलमा ठोकिँदा मोटरसाइकल चालक मोरङको हरैँचाका राजेन्द्र चौधरीको ज्यान गएको हो ।

मोटरसाईकल पछाडी बस्ने सिन्धुलीका मुरारीप्रसाद बराल घइते भएकाे र उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री