एक दिवसीय विश्वकप क्रिकेट : श्रीलंकाको सेमिफाइनल सम्भावना टुट्यो

काठमाडाैँ । दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित भएसँगै जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने श्रीलंकाको सपना पूरा नहुने भएको छ । प्रतियोजिता अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले हराएको हो।

२०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर दुई बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि फाप डू प्लेसिसले नटआउट ९६ तथा हसिम अम्लाले नटआउट ८० रन बनाए । क्वीन्टन डी ककले १५ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ४९ ओभर तीन बलमा सबै विकेट गुमाएर मात्रै २०३ रन बनाएको थियो ।

उसका लागि कुशल परेरा र अविश्का फर्नान्डेजले समान ३० रन बनाए । दक्षिण अफ्रिकाका क्रिस मोरिस र डवेन प्रेटोरियसले तीन तीन विकेट लिए । यस्तै कागिसो राबडाले दुई विकेट लिए । हारपछि सातौँ स्थानको श्रीलंकाको सात खेलबाट ६ अंक भएको छ। यस्तै आठौँ स्थानमा रहेको दक्षिण अफ्रिकाको ८ खेलबाट पाँच अंक भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री