फ्राइडे रिलिजः ‘आप्पा’ र ‘कीर्तिपुर’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजमा आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘आप्पा’ र ‘कीर्तिपुर’ आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘आप्पा’ अनमोल गुरुङले निर्देशन गरेको चलचित्र हो भने ‘कीर्तिपुर’लाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । ‘आप्पा’ बुुवा र छोराको कथा भन्ने चलचित्र हो भने ‘कीर्तिपुर’ ऐतिहासिक घटनाक्रमलाई समेटेको चलचित्र हो ।

‘आप्पा’मा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अलोना कबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की मुख्य भूमिकामा छन् भने ‘कीर्तिपुर’मा मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार समेटिएका छन् ।

‘आप्पा’ नेपालसहित भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस