लन्डनमा सञ्जय र निरुको रोमान्स (भिडियाे)

काठमाडौं । बेलायतमा बसेर पत्रकारिता गरिरहेका सञ्जयभक्त कँडेल अभिनय क्षेत्रमा पनि देखिएका छन्। सर्वेन्द्र अधिकारीको भर्खरै सार्वजनिक गीत ‘नजरमा लुकाउँ कि’ मा सञ्जयसँगै निरु कोइरालाले अभिनय गरेका छन्।

लन्डन आसपासका क्षेत्रमा छायांकन गरिएको गीतमा सुनिल राईको संगीत छ।   गीतमा शब्द र स्वर भने सर्वेन्द्र अधिकारीको छ। पूर्वप्राध्यापक समेत रहेका सर्वेन्द्रको यो दोस्रो गीत हो भने स्वर पहिलो पटक दिएका हुन्।

प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी भने प्रभु र सुस्मिता थापाले साथ दिएका छन्। गीतलाई विनोद भुजेलले एरेन्ज गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री