????????????????????????????????????

भिमदत्त नगरपालिका परिसरभित्र कञ्चन डेभलपमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

काठमाडाैँ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भिमदत्त नगरपालिकाको परिसरभित्र एक्सटेन्सन काउण्टरसंचालनमा ल्याएको छ । भिमदत्त नगरपालिकाका नगर प्रमुखसुरेन्द्र बिष्टले उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

अब भिमदत्त नगरपालिकाका सेवाग्राहीहरुले तिर्नुपर्ने सम्पुर्ण कर तथा शुल्कहरु यसै एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्न सक्नेछन् । यसका साथै सम्पुर्ण बैैकिङ्ग सुविधाहरु पनि यसै काउण्टर मार्फत ग्राहक वर्गहरुले उपभोग गर्न पाउने छन् ।

प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हालसम्म कञ्चनपुरमा ७ शाखा, २ एक्सटेन्सन काउण्टर कैलालीमा ७ शाखा, १ एक्सटेन्सन काउण्टर र डडेल्धुरामा १ गरि कुल १५ शाखा र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन् । दुई महिना भित्र डोटी र वैतडीमा दुई शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।

बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुको लागि अन्य बैंकले दिईरहेको व्याज भन्दा आकर्षक व्याज प्रदान गर्ने उद्देश्यले कञ्चनले बचत खातामा ७.२५ देखि ८.५० प्रतिशत र मुद्दति खातामा ११ प्रतिशतसम्म व्याज दर कायम गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds