रिलायन्सले चौबीसै घण्टा जीवन बीमाबारे जनचेतना अभिबृद्धि गर्ने, सम्पर्क केन्द्र उद्घाटन

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा र ३६५ दिन नै सम्पर्क केन्द्र सञ्चालन गर्ने भएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे ।

सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र ४७८७२२४ मा फोन गरी प्रेषित वा प्राप्त गर्न सक्ने बताइएको छ ।

नेपालको जीवन बीमा इतिहासमा कम्पनीले पहिलो पटक सम्पर्क सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले दाबी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds