ग्लोबल आइएमई र एनएलजी इन्स्योरेन्सबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का १३७वटै शाखाहरु मार्फत एनएलजी इन्स्योरेन्स कम्पनी लि.कोनिर्जीवनबीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री