सुनको भाउ अहिलेसम्मकै महंगो

काठमाण्डौ ।  सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।

डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले भाउ महंगो भएको शाक्यको भनाइ छ । चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री