काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले मंगलबार देखि १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
तपाईंको प्रतिकृया




