जापान र इक्वेडर बाहिरियो

एजेन्सी । जापान र इक्वेडर ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको समूह चरणबाट बाहिरिएका छन् । दोस्रो चरणको लागि जित्नै पर्ने खेलमा बराबरी खेलेपछि जापान र इक्वेडर बाहिरिएका हुन् ।

मंगलबार बिहान भएको खेलमा जापान र इक्वेडरले १-१ गोलको बराबरी खेलेका थिए । जापानले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी इक्वेडरसँग अंक बाँडेको थियो।

खेलको १५ औं मिनेटमा शोया नाकाजिमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई खेलमा फर्काएका थिए ।

यो बराबरीसंगै समूह ‘सी’ को जापानले ३ खेलमा २ अंक जोड्यो । जापान तेस्रो स्थानमा रहेपनि क्वाटरफाइनलमा पुग्न सकेन ।

जापान तेस्रो स्थानमा रहने उत्कृष्ट दुईमा पर्न नसकेको हो । जापानसंग अंक बराबरी भएपनि गोल अन्तरमा अघि रहदै समूह ‘बी’ को पाराग्वेले क्वाटरफाइनलमा स्थान बनाएको छ ।

प्रतियोगिताको नियम अनुसार तेस्रो स्थानमा रहने दुई उत्कृष्ट टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

१ अंक जोडेको इक्वेडर पुछारमा रह्यो । यस समूहबाट उरुग्वे समूह विजेता र चिली उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस