सिटिजन लाईफले गर्यो मृत बिमितलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले मृत बिमितहरूलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ५१ जना मृतक विमितलाई भुक्तानी दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए ।

कम्पनीको सम इन्स्योर्ड (हकवालाले पाउने भुक्तानी) रकम भने २ करोड ५९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा देखिन्छ ।

उक्त कम्पनी २०७४ भदौ ७ गते बीमा कम्पनीबाट लाईसेन्स प्राप्त गरेपछि संचालनका आएको हो । कम्पनीले २०७४ साल कात्र्तिक २ गतेबाट बीमा सेवा भने दिन सुरु गरेको हो । उक्त इन्स्योरेन्स हालसम्म कम्पनीले ६२ वटा शाखाबाट बीमा सेवा प्रदान गर्दै आएको छ । उपत्यका सात र उपत्यका बाहिर भने ४४ जना बिमितले मृत्युवरण गरेका थिए ।

मृत्युवरण गर्ने बिमितहरु २० वर्षदेखि ५४ वर्ष उमेर समूहको रहेका छन् । अधिकांश बिमितहरू ३० वर्षकै हाराहारीमा रहेका छन् । मृत बिमितमा महिलाको भन्दा पुरुषको संख्या धेरै रहेको तथ्याङ्कले देखाउँछ । मृत बिमितहरु काठमाडौ उपत्यका बाहिरको मात्र रहेका छन् । ३ नम्बर प्रदेश बीमा चेतनामा अगाडि रहेको अन्य तथ्यले प्रमाणित गर्दै आएको छ । तर, उक्त तथ्याङ्कमा भने मृत बिमित सबैजसो राजधानी बाहिरका देखिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप