कोपा अमेरिका : कतारमाथि कोलम्बियाको जित

काठमाडाैँ । कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान भएको खेलमा कोलम्बियाले कतारमाथि जित निकालेको छ । लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरण नजिक पुगेको छ ।

साओ पाउलोमा भएको खेलमा डुभान जापाटाको एकमात्र गोलले कोलम्बियालाई नकआउट चरण नजिक पुर्‍याएको हो ।

उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए । जितसँगै कोलम्बियाले समूह बीमा ६ अंक जोडेको छ । कतारको भने एक अंक मात्र छ ।

ब्राजिल भने भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिन पुग्यो । बराबरीसँगै ब्राजिलले दुई खेलबाट ४ अंक बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री