नेपाल बैंकको शाखा तुलसीपुरमा

  काठमाडौँ ।  नेपाल बैंकले प्रदेश नम्बर ५ दांङको तुलसीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालय तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे ।
सो कार्यक्रममा नगर प्रमुख पाण्डेले विभिन्न वित्तिय सेवामा बैकसंग हातेमालो गर्न उपमहानगर उत्शुक रहेको बताए । यस्तै बैकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत  अधिकारीले बैंकले विश्वसनीय, अत्याधुनिक र गुणस्तरीय बैकिंङ सेवा उपलव्ध गराउने प्रतिवद्धता गरे ।

त्यस्तै नेपाल बैक प्रादेशिक कार्यालय ५ नम्बरका प्रमुख पासांग दोर्जी शेर्पाले बैंकसंग उच्चतम सुरक्षा र प्रतिफलसहितको निक्षेपसेवा ,विभिन्न उद्यम व्यवसाय संचालन निम्ति कर्जा सेवा ,सरकारबाट निर्देशित विभिन्न सहुलियतपुर्ण कर्जा सेवाको प्याकेज रहेकोले यी सेवाको उपयोग गरि लाभान्वित हुन आग्रह गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds