एनसीसी बैंकले सुरु गर्यो भिसा क्रेडिट कार्ड

काठमाडौं । एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यही आषाढ ३ गतेबाट एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।

यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटीएम–पीओएस मेशिन मार्फत सामान वा सेवा लिन सक्ने छन् । चिप वेसमा आधारित यस कार्डबाट सुरक्षित कार्ड यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको छ ।

एनसीसी भिसा क्रेडिट कार्डको शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस