प्रदेश–५ को बजेट निराशाजनक र निर्वाहमुखीः कांग्रेस

दाङ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि बजेट ल्याएपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने बजेट वितरणमुखी, पहाडमुखी र कम्युनिष्टको लाइनअनुसार आएको बताएका छन् ।

कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र कडौरियाले बजेट चित्तबुझ्दो नआएको प्रतिक्रिया दिए । उनले निर्वाहमुखी र कम्युनिष्ट धारको बजेट कार्यान्वयन हुनै नसक्ने दाबीसमेत गरे । साथै उनले विपक्षीसँग परामर्शबिनै बजेट बनाइएको भन्दै आपत्ति जनाए ।

प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति तथा कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले निराशामुखी र निर्वाहमुखी बजेट ल्याएको बताए । कांग्रेसकै अर्का प्रदेशसभा सदस्य बीरबहादुर रानाले बजेटले जनतामा निरासा पैदा गरेको दाबी गरे । राजपा संसदीय दलकी नेता कल्पना पाण्डेले बजेट निर्वाहमुखी रहेको प्रतिक्रिया दिइन् । कांग्रेस सांसद फकरुद्धिन खानले पहाडमुखी बजेट आएको भन्दै बजेटले तराईलाई अपहेलना गरेको बताए ।

समाजवादी पार्टीका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले छलफलबिना ल्याइएको बजेट जनपक्षीय नभएको प्रतिक्रिया दिए । “यो एकपक्षीय छ, कार्यान्वयन हुन सक्दैन,” उनले भने । नेकपाका प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले बजेट समग्रमा राम्रो र सन्तुलित रहेको भन्दै बजेट पूर्णरुपमा कार्यान्वयन भए प्रदेश ५ समृद्ध बन्ने विश्वास व्यक्त गरे । देश ५ सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बागमती …

प्रतिकृया दिनुहॊस