आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस