‘भारत’को कमाइ १९१ करोड पुग्यो, यो साता २०० करोड पार गर्ने

काठमाडाैँ । सलमान खान अभिनिति ‘भारत’ले वक्सअफिसमा रिलिजको ११ औं दिनमा पनि आफ्नो आकर्षण कायम राखेको छ।

सिनेमाले रिलिजको ११ औं दिन करिब ६ करोड भारूको कमाइ गर्दै आफ्नो प्रभावलाई कायमै राखेको हो।

हालसम्म ‘भारत’ले घरेलु वक्सअफिसबाट १९१ करोड कमाइ गरेको छ। अब्बास अलि जफर निर्देशित सिनेमामा सलमानका अलावा क्याटरिना कैफको प्रमूख भूमिका रहेको छ।

‘भारत’ले साताको अन्त्यसम्म २०० करोड भारूको आँकडा पार गर्ने अनुमान गरिएको छ।

सिनेमाले रिलिजको पहिलो दिन बुधबार ४२.३० करोड भारू कमाइ गरेको थियो भने दोश्रो दिन ३१ करोडको कमाइ गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप