प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं ।  साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।  गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन्। उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पाेखरेल लगायत  विमानस्थल पुगेका थिए।

फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट हिजो काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन्।  शनिबार जेनेभामा नेपालका राजदूतलगायत अन्य उच्च पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेका र्थि।  यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए।

समारोहपछि सोही दिन बेलायत प्रस्थान गरेका प्रधानमन्त्री ओलीले त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गरेका थिए। बेलायतमा रहँदा समकक्षी टेरेजा मे र राजकुमार चार्ल्ससँग पनि उनले भेटवार्ता गरेका थिए। बेलायतको तीन दिने भ्रमण सकेर २९ गते फ्रान्स पुगेका प्रधानमन्त्री ओली विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए। उनले फ्रान्सका समकक्षी एडवर्ड फिलिपेसँग भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस