क्यानडा र नेदरल्याण्डस अन्तिम १६ मा

काठमाडाैँ । क्यानडा र नेदरल्याण्डसले महिला विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेका छन् । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा समूह इ को क्यानडाले न्युजिल्याण्डलाई २–० ले हराएको हो ।

क्यानडाको जितमा ४८ औँ मिनेटमा फ्लेमिङ्ग र ७९ औँ मिनेटमा प्रिन्सले गोल गरिन् ।

सोही समूहको अर्को खेलमा नेदरल्याण्डसले क्यामरुनलाई ३–१ ले हरायो । नेदरल्याण्डसका लागि मिडिमाले दुई तथा ब्लडवर्थले एक गोल गरिन् । क्यामरुनका लागि अनगुइनीले एक गोल फर्काइन् ।

लगातार दुई जित निकालेको नेदरल्याण्डस समूहको शीर्षस्थानमा तथा दुई जित नै निकालेको क्यानडा समान अंकसहित दोस्रो स्थानमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री