फोपीमा रिलिज भयो चलचित्र ‘ऐश्वर्य’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ शुक्रवारबाट फोपीमा रिलिज हुने भएको छ । तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ  नेपाली चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ ।

गत वर्ष कात्तिक ९ गते हलमा प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ प्रेमकथामा आधारित द्वन्द्वात्मक चलसिचत्र हो । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारी मुख्य भूमिकामा छन् ।

रमेश उप्रेतीको कम्ब्याक मानिएको यस चलचित्रलाई दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई अर्जुन श्रेष्ठ र किरण उप्रेतीले निर्माण गरेका हुन् ।

फोपीमा विश्वको प्राय सबै देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली चलचित्रहरु हेर्न सकिन्छ । हरेक चलचित्र हेर्दा प्रयोगकर्ताले केही रमक तिर्नु पर्छ । नेपालमा यसरी चलचित्र हेर्दा रु ३० वा रु ५० तिर्नु पर्नेछ । यसरी चलचित्र हेर्न आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेस वा खल्ती वा इसेवाबाट पैसा तिर्न सकिने छ ।

भारतमा पेटिएम, मलेसियामा कार्ड वा सेभेन इलेभेन र अन्य देशहरुमा बैकंको कार्डबाट चलचित्र खरिद गर्न सकिन्छ । यसरी प्रदर्शन गरिएको चलचित्रबापत डिजिटल राइट्स लिनेले पैसा पाउँछन् ।

यस एपका संस्थापक अध्यक्ष प्रशान्त राज कार्कीका अनुसार पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउने उद्देश्य यो एपको रहेको छ । आफूहरु नेपाली चलचित्रलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी कार्कीले दिए । एप अहिले प्ले स्टोरमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस