चेल्सी प्रशिक्षक सर्री अब युभेन्ट्समा

एजेन्सी । लण्डन क्लब चेल्सी मुख्य प्रशिक्षक माउरिजियो सर्रीलाई युभेन्ट्सका लागि छाड्न सैद्वान्तिक रुपमा सहमत भएको छ । वरिष्ठ अधिकारीबीच विहिबार साँझसम्म चलेको छलफलले सो बिषयमा सहमती गरेको हो । सम्झौताको अन्तिम निर्णय (आज) शुक्रबार सम्ममा हुनेछ ।

दुवै पक्षकाे सम्झौता अनुसार ५ मिलियन पाउण्ड भन्दा धेरै क्षतिपुर्ती शुल्कमा सहमती बनेको छ ।

सर्री ईटालियन क्लब नापोलीबाट सन् २०१८ को जुलाईमा चेल्सी आएका थिए । उनको नेतृत्वमा चेल्सी तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भएकाे थियाे । यसका साथै युरोपा लिगको उपाधि उचालेको थियो ।

उनले तीन बर्षको सम्झौता गरेका थिए । रुसी धनाड्य रोमन अब्रामोभिचले चेल्सी किनेपछि उनी नवौ पुर्णकालिन प्रशिक्षक बनेका थिए ।

ईटालीका ६० बर्षिया प्रशिक्षकको भविष्यलाई लिएर स्टामफोर्ड ब्रिजमा पटक पटक अनुमान गरिएको थियो । चेल्सी समर्थकले उनको रणनीति र टिम चयनलाई लिएर निकै असन्तोष ब्यक्त गर्ने गरेका थिए ।

उनले फुटबल करियरमा युरोपा लिग फाईनलमा आर्सनललाई ४–१ ले हराएर पहिलो पटक उपाधि जितेका थिए ।

चेल्सी दुई सिजन खेलाडी अनुबन्धन गर्न नपाउने गरि फिफाको कारबाहीमा छ । भर्खरै उसका स्टार खेलाडी ईडेन हजार्ड कीर्तिमानी मुल्यमा स्पेनिस क्लब रियल मड्रिडसग जोडिएका छन् ।

युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले गत सिजनको अन्त्यसंगै क्लब छाड्ने भएपछि सर्रीको नाम चर्चामा आएको थियो । उनको नेतृत्वमा युभन्ट्सले लगातार पाँच सिजन ईटालियन सिरि एको उपाधि उचालेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …

प्रतिकृया दिनुहॊस