टेलिकमले ल्यायो निशुल्क इन्टरनेट सुविधा

काठमाडौं । नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले   वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो ।

हालसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री