रियल मड्रिडमा फ्रेन्च डिफेन्डर मेन्डी

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब लियोनका डिफेन्डर फेरल्याण्ड मेन्डीलाई क्लबमा अनुबन्धन गरेको छ । रियलले फ्रेन्च फुटबल टिमका महत्वपुर्ण सदस्य समेत रहेका मेन्डीलाई ४७ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो ।

योसंगै जारी समर सिजनमा रियलले खेलाडी अनुबन्धनमा करिब ३ सय मिलियन पाउण्ड खर्च गरेको छ ।

२४ बर्षका फ्रान्सेली खेलाडीले वर्नेवेउसंग ६ बर्षको अनुबन्धन सम्झौता गरेका छन् । रियलले यसअघि चेल्सीका ईडेन हजार्ड र सर्वियाका फरवार्ड लुका जोभिकलाई क्लबमा अनुबन्धन गरेको थियो ।

गत मार्चमा क्लबले पोर्टोका डिफेन्डर इडर मिलिटोलाई करिब ४३ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

यस्तै ब्राजिलका युवा फरवार्ड रोड्रिगोसमेत यसै सिजन क्लबामा आउनेछन् । सान्तोषका फरवार्डलाई रियलले ४० मिलियन पाउण्ड खर्च गरेको छ । उनी जुलाईमा मात्र क्लबमा आउनेछन् ।

पेरिस सेन्ट जर्मेन पीएसजीका खेलाडी मेन्डी सन् २०१७ मा लियोन गएका थिए । उनले लिग वान क्लबबाट दुई सिजन ७९ खेल खेलेका थिए । उनले च्याम्पियन्स लिगको सबै खेलमा सहभागीता जनाएका थिए । तर क्लब अन्तिम १६ को खेलबाट बाहिरिएकोथियो ।

गत नेभेम्बरमा फ्रान्सेली टोलीका उनले तीन अन्तराष्ट्रिय म्याच खेलेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री