नाई नभन्नु ल – ५ युट्युवमा (पूरा फिल्मसहित)

काठमाडौं । चलचित्र ‘नाई न भन्नु ल ५’ युट्युववाट सार्वजनिक भएको छ यो फिल्म युटुबमा आएको दोस्रो दिनमै ट्रेडिङ्ग वानमा आएको छ । पहिलो नम्वरमा रहेको गलबन्दी गीतलाई विस्थापित गर्दै ‘नाईं नभन्नू ल ५’ ट्रेडिङ्गको पहिलो नम्वरमा आएको हो ।

युटुवमा हेर्ने दर्शकले फिल्मको वारेमा राम्रो प्रतिक्रिया दिएका छन् । विकासराज आचार्यको निर्देशन रहेको उक्त फिल्म यो समाचार तयार पार्दा ३२ लाख ६१ हजार बढि दर्शकले हेरिसकेका छन् । यस चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेको फिल्मको कथा लेखन सामिप्य तिमिल्सिना र निर्देशक आर्चायको रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस