‘रातो टिका निधारमा’ गाउँले साम्राज्ञी ?

काठमाडौं । फिल्म अभिनयमा सधै सहरिया युवतीको भूमिकामा देखिँदै आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलोपटक गाउँले केटीको रुपमा देखिने भएकी छन् । छायाँकनरत फिल्म ‘रातो टिका निधारमा’ उनी गाउँले भूमिकामा देखिन लागेकी हुन् ।

साम्राज्ञीले छायाँकनका क्रमका प्रत्येक दिनको तस्बिर आफ्नो इन्स्टाग्रामबाट शेयर गर्ने गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरबाट फिल्ममा उनको भुमिकाको अनुमान लगाउन सकिन्छ ।

फिल्ममा उनको भूमिका के भन्ने बारे निर्माण पक्षले मुख खोलेको छैन । फिल्ममा उनको एकल महिलाको भूमिका रहेको थाहा हुन आएको छ । साम्राज्ञीले सार्वजनिक गरेको सुटिङ तस्बिरबाट पनि सो अनुमान लगाउन सकिन्छ ।

अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, खुश्वु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको मुख्य भुमिका रहने फिल्मका निर्देशक अशोक शर्मा हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस