राफायल नाडालको फ्रेन्च ओपनमा दबदबा, जिते उपाधि

काठमाडाैँ । राफायल नाडालले फ्रेन्च ओपन टेनिसमा आफ्नो दबदबा कायम राख्न सफल भएका छन् । उनले १२ औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पुरुष एकल तर्फ आइतबार राति भएको फाइनलमा डोमिनिक थिएमलाई पराजित गरेर स्पेनिस नाडालले ६-३, ५-७, ६-१ र ६-१ को सेटको जित निकालेका हुन् ।

३३ वर्षका नाडालले लगातार तेस्रो वर्ष फ्रेन्च ओपनको उपाधि जितेका हुन् । उनी उही ग्राण्ड सलाममा १२ औँ पटक उपाधि जित्ने उनी पहिलो खेलाडी हुन् ।

नाडालले समग्रमा १८ वटा प्रमुख उपाधि जितेका छन् । उनी रोजर फेडेरर भन्दा दुई उपाधिले पछि छन् । फेडेररले २० वटा प्रमुख उपाधि जितेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री