ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

काठमाडाैँ । गुल्मीको रेसुंगा नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रिडीबाट बालुवा लिएर आउँदै गरेको लु ४ त २८४६ नम्बरको ट्रयाक्टर रेसुंगा नगरपालिका १३ भगाँरी नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा कपिलवस्तु घर भएका ट्रयाक्टर चालक अम्मर कुँवरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

ट्रयाक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको वडा अध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिए।

दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ।  रातको समयमा ट्रयाक्टर दुर्घटना भए पनि शनिबार बिहानमात्रै दुर्घटनाको खबर प्राप्त भएको वडा अध्यक्ष खत्रीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री