मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

वीरगंज ।  वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा  वीरगंज महानगरपालिका.१० का -२६ बर्षीय अम्मेन्द्र कुमार पटेल र सोही महानगरपालिका. २० का -२७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।

बिहीबार दिउँसो फरक फरक समयमा सोही महानगरपालिका-११ रानिघाटमा पार्किङ गरी राखेको ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल र वीरगंज महानगरपालिका- १० आदर्शनगर डेरा गरी बस्ने नविन झाले आफ्नो घर अगाडि पार्किङ गरी राखेको ना.४ प ४०५७ नम्बरको मोटरसाइकलको लक तोडी चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.४ प ४०५७ नम्वरको मोटरसाइकल सहित पटेललाई आदर्शनगरबाट र ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल सहित महत्तोलाई रानीघाटबाट पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री