ग्यास सिलिण्डर पड्किँदा सात जना घाइते

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारमा  खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर  छ ।

आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ ,५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया  घाइते भएका छन् । घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको  छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कोहीकोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा व्यवसायी कैलाश सिरोहिया पक्राउबारे …

प्रतिकृया दिनुहॊस