काठमाडौं । पछिल्लो समयमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढेको चिकित्सकहरुले बताएका छन् । नेपालमा महिलामा बढी देखिने पहिलो क्यान्सरमा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ ।
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु :
- तौल अस्वाभाविक रूपमा घट्ने वा बढ्ने ।
- पेट सुन्निने तथा हावा भरिएजस्तो हुने ।
- महिनावारी भइसकेपछि पनि पुन रक्तश्राव हुने ।
- तल्लो पेट दुख्ने ।
- यौनसम्पर्कको समयमा बढी पीडा हुने ।
- पिसाब गर्न पीडा र गाह्रो अनुभव हुने आदि ।
यस्ता छन् बच्ने उपाय
- कम उमेरमा विवाह नगर्ने
- धेरै बच्चा नजन्माउने ।
- एकभन्दा बढी व्यक्तिहरूसँग यौनसम्पर्क नगर्ने ।
- गुप्तांगको सरसफाईमा विशेष ध्यान दिने ।
- सूर्तीजन्य पदार्थको सेवन नगर्ने ।
- गुप्तांगसम्बन्धी रोगहरूको समयमै उपचार गराउने ।
- हरेक एक वर्षमा पाठेघरको (प्याप-स्मेयर) परीक्षण गराउनु पर्दछ ।
तपाईंको प्रतिकृया




