कोका–कोलाको संकल्प ‘वर्ल्ड वीथ आउट वेस्ट’

काठमाडाैँ । विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर ‘वर्ल्ड विथआउट वेस्ट’का लागि संकल्प गरेकोे छ। वल्र्ड विथआउट वेस्ट, सन् २०३० सम्मको बिक्री गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता हो।

कम्पनीका अनुसार यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको १०० प्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रीत गरको छ। साथै स्थानीय समुदाय, गैर–सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्न त्यसलाई सम्बन्धित ठाँउमा पु¥याउन लागि परेको छ । यस कार्यका लागि डिजाइन, संकलन तथा पार्टनरको तीन स्तम्भ रहेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, कोक नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्थाहरु संयूक्तरुपमा रिसाइकिलिगंका लक्ष्य हासिल गर्न प्रयत्न गरिरहेको बतायो।

कम्पनीले वर्ल्ड विथआउट वेस्ट लक्ष्य अन्तर्गत फोहोरका समस्याहरुलाई कम गर्न विभिन्न पहलहरु गर्दै आएको कोका–कोलाका साउथ वेस्ट एशियाको अप्रेसनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले बताए।

कोका–कोला नेपालले एचसीआई र डब्लूडब्लूएफको सहकार्यमा सरकारको चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त संरक्षण क्षेत्र घोषण गर्न सहयोग गरेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले आशा गरेको भन्दा ५ वर्ष अगावै सन् २०१५ मा पानि पुनः पुर्ति गर्ने विश्वव्यापी लक्ष्य हासिल गरेको कम्पनीको दाबी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds