काठमाडौं । ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवशको अवसरमा विद्धुतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।
बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैंकले विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९.६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध गराउने बताए ।
उन विकास र वातावरण बीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने हुँदा बैंकले यस किसिमको वातावरणमैत्री योजना ल्याएको बताए। बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त समाज र वातावरण प्रति आफनो दायित्व निर्भाह गर्ने उद्देश्यले यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ ।
प्रतिकृया दिनुहॊस