काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच जीवन बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण १५५ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् ।
तपाईंको प्रतिकृया




