भोजपुर। रुद्राक्ष व्यवसायीहरुले अन्तराष्ट्रिय मान्यता प्राप्त रुद्राक्षलाई वेवास्था गर्दै पशुपतिमा २० रुपैयाँमा पाइने माला लगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगाएको गुनासो गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सपथ कार्यक्रममा जादा रुद्राक्ष उपहार दिएका थिए ।
सो माला न्यून गुणस्तरको भएको भन्दै राष्ट्रप्रमुखहरुलाई उपचार दिने वा लगाउन रुद्राक्ष दिदा दिङ्लामा उत्पादन भएको उच्च गुणस्तरको दिन आग्रह गरेका छन् । दिङ्लामा उत्पादीत रुद्राक्षको बजार भारतमा मात्रै ७० प्रतिशत भन्दा बढी रहेको छ । रुद्राक्ष व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष मनोज चापागाईले भोजपुरको उत्तरी दिङ्लामा उत्पादन हुने रुद्राक्ष अन्तराष्ट्रिय जगतमा मान्यता प्राप्त भएको बताए ।
उनले रुद्राक्ष उपहार दिदा सरकरले ध्यान पुर्याउनु पर्ने बताए । ‘हामीले प्रधानमन्त्रीलाई भनेका थियौं । किन्नु पर्दैन हामी अन्तराष्ट्रिय स्तरले मन पराएका उच्च गुणस्तरका रुद्राक्ष उपलब्ध गराउछौं ।’ तर, उहाँले २० रुपैयाँमा पाइने अत्यन्तै न्युन स्तरको माला उपहार दिनु भयो । व्यवसायीहरुका अनुसार मोदीलाई दिएको रुद्राक्ष व्यवसायीहरुले किन्ने गरेका छ्रनन । धर्मिक हिसावले सबै एउटै हुन तर, गुणस्तर फरक चापागाईका अनुसार रुद्राक्ष धार्मिक दृष्टिकोणले सबै एकै हुन । तर, दिङ्लामा उत्पादन भएका रुद्राक्ष मुल्यवान, चिल्ला र ठुला हुन्छन ।
व्यवसायीले केही दिनमा प्रधानमन्त्री ओलीको विदेश भ्रमण रहेकाले त्यहा जाँदा भने गुणस्तरीय रुद्राक्षको प्रयोग गर्न सुझाव दिएका छन् । देशको पहिचान भएकाले सरकारले चाहेमा निःशुल्क उपलब्ध गराउने चापागाईले बताए । रुद्राक्षको व्यापार भारत, चीन, इन्डोनेसिया लगायतका देशहरुमा बढी हुदै आएको छ । यसले क्रमश अन्य देशमा पनि आकर्षण बढाउदै लगेको अर्का व्यवसायी अगमसिह राईले बताए । मुल्य निर्धारण गर्न आवश्यक चापागाईले रुद्राक्षको व्यापारमा कुनै कमि नआएको भन्दै यसलाई मुल्य निर्धारण गर्न पर्ने बताए । रुद्राक्षको व्यापार क्रमश बढ्दै गएको छ ।
माग पनि सोही अनुपातमा बढीरहेको छ । तर, यसको मुल्य निर्धारण भएको छैन उनले भने । मुल्य निर्धारण गरेको खण्डमा व्यवसायी र कृषकहरु सबैलाई राहत हुने उनको भनाई छ । ५ मुखे रुद्राक्षको मुल्य एउटाको दश रुपैयाँ देखि ३ लाख सम्म पर्छ । त्यसैले मुल्य निर्धारण आवश्यक छ । राज्यले यसको व्यापारीकरणमा सहजता ल्याउनु पर्ने चापागाईले बताए । भोजपुरमा मात्रै वर्षमा ४० करोड बढीको व्यापार हुदै आएको छ ।




