स्काभेटरले किचेर मगरकोे मृत्यु

इलाम । इलामको माईनगरपालिका वडा नं.४ मनिस लुङ्गेली मगरकोे स्काभेटरले किचेर मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ को सानिमा हाईड्रोपावर कम्पनीमा काम गर्ने क्रममा कम्पनीको स्काभेटरले लागेर लडेका लुङ्गेलीको उपचारमा लाने क्रममा मृत्यु भएको हो ।

इलाम माई नगरपालिका वडा नम्बर २ को इलाम न्युलाईट अंग्रेजी बोडिङ्ग स्कुलबाट एसइई परीक्षा दिएका मगर ४५ दिन अघि बिदाको समयमा कामका लागि रामेछाप गएका थिए । मगरलाई कानुनी प्रक्रिया पुरा गरी घर ल्याइने मृतकका काका टेक बहादुर लुङ्गेलीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री