धरहरा निर्माण तीव्र गतिमा, १५ प्रतिशत कार्य सम्पन्न 

काठमाडौँ । धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री केपी ओलीले गत पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्धारित समयभित्र नै धरहराको निर्माण कार्य सकिने लक्ष्यसहित काम भइरहेको बताउँदै तालिका अनुसार नै निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिए। धरहरा निर्माणमा अहिलेसम्म ४० करोड रुपियाँ खर्च भइसकेको छ ।

अहिले धरहराको टावर ठड्याइने क्षेत्रको ‘राफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यही फाउन्डेसनमा नै धरहराको टावर निर्माण हुने भएकाले ‘राफ्ट फाउन्डेसन’ निर्माण कार्य महत्वपूर्ण मानिने गरिन्छ । त्यसैगरी, ‘अन्डरग्राउन्ड’ निर्माण गरिने दुई तल्ला भवनको समेत फाउन्डेसन निर्माणको कार्य भइरहेको छ । जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुने धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एन्ड एसोसिएट्सले तयार पारेको हो । तीन अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपियाँ लागतमा जीआईईटिसी–रमन ९जेभी० कम्पनीले धरहराको निर्माण गरिहेको छ ।

धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्री समेत हुनेछ । धरहराको अठारौँ तलामा १७ जना क्षमताको मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो डिस्पले गरिने छ । २४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरेको ‘भ्यु डेक’ निर्माण गरिने र काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गरिएको धरहरा १९९० सालको भूकम्पमा केही भाग ध्वस्त भए पनि २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पूर्ण रुपमा ध्वस्त भएको थियो । वि.सं. १९९० को भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस