तनहुँमा जिप दुर्घटना, दुई जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका १२ छिर्कनेमा आज जिप पल्टिँदा दुई जना घाइते भएका छन् ।

चितवनबाट पोखरा जाँदै गरेको ना४च ७५१५ नम्बरको जिप आज बिहान साढे ४ बजे नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका जिप चालक धादिङको बसेनी गाउँपालिका ८ का २५ बर्षीय सुमन कार्की र जिपमा सवार गोरखाको गण्डकी गाउँपालिका ६ का ४० वर्षीय शिव नारायण श्रेष्ठलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा पठाइएको छ ।

घाइतेमध्ये चालक कार्कीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस