काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच कर्मचारीको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार एन.बी.आईले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौता अनुसार सिद्धार्थ बैंकले नेशनल बैंकिङ् ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
यस सम्भौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
तपाईंको प्रतिकृया




