काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत १४ लाख बराबरको रकम भुक्तानी गरेको छ ।
कम्पनीको तर्फबाट सोलुखुम्बु नगरपालिका घर भइ माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको असामयिक भएको मृत्यु वापत उनका ६ वर्षिया छोरा सिमन बिकलाई सिटिजन लाइफ इन्स्योरेन्सका सि.ओ.ओ दशरथ मणी खड्काले बिमांक वापतको १४ लाखको चेक हस्तान्तरण गरे ।
ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको दावी छ ।
जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् ।



