चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा शनिबार राति  चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते हुएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री